जन-जनको मन-मनमा राज गरेका ढुङ्गाना

जन-जनको मन-मनमा राज गरेका ढुङ्गाना

काठमाडौँ । नेपाली लोक संस्कृति, परम्परा, साँस्कृतिक मुल्यमान्यता तथा वैभवलाई जीवन्त राख्न महत्वपूर्ण योगदान दिने गायक हुन्, नमराज ढुङ्गाना । लोक संगीतको माध्यमबाट जन–जनको मन–मनमा राज गर्न सफल छन् ढुङ्गाना ।

लोकप्रिय गायक ढुङ्गानाले दुई दशकभन्दा बढी समयदेखि निरन्तर रुपमा लोक संगीतमा आफूलाई सक्रिय राखी आफ्नो गायन कौशल मार्फत नेपाली लोक संगीतलाई नयाँ उचाई दिएका छन् ।मौलिक लोकभाकालाई लोप हुन नदिन, देशका बिभिन्न गाँऊ शहर पुगेर, ठाँउठाँउका भाकालाई टपक्कै टिपेर उनले गीत गाएका छन् । उनले मौलिकता बोकेका गीत गाएका मात्र छैनन्, गीतका माध्यमबाट हाम्रो मौलिक संस्कृति नयाँ पुस्तासम्म पु¥याएका छन् । उनले परम्परागत नेपाली संस्कृतिलाई जोगाउने काम गरेका छन् । अझ भन्ने हो भने ढुङ्गानाले लोक गीत गाएरै नेपाली समाजका रीति–रिवाज, परम्परा र संस्कारलाई जीवन्त राख्न बिशेष योगदान दिएका छन् ।

नेपाल भौगोलिक विविधताको मात्र नभएर बहु–संस्कृतिको देश हो । ढुङ्गानाले फरक भुगोलका साँस्कृतिक वैभवहरु, पौराणिक मुल्य मान्यताका गीतहरु, संस्कार र संस्कृतिसँग जोडिएका भाकाहरु मात्र नभएर आफ्ना गीतमार्फत फरक फरक समुदायका मौलिक भाकाहरु प्रस्तुत गरेका छन् । जसका कारण देशको जुन कुनै स्थानमा बसोबास गर्ने, जुन कुनै संस्कार र संस्कृति अपनाएको मान्छेले पनि उनका गीतमा अपनत्व महशुस गरेका छन् ।
ढुङ्गानाले मादल, सारङ्गी, बासुरी, ढोलक, सनाईजस्ता परम्परागत वाद्ययन्त्रहरू आफ्ना गीतमा प्रयोग गर्ने गर्छन । गायनको माध्यमबाट मौलिक बाजाको जगर्नेमा पनि उनि उत्तिकै चनाखो छन् । परम्परागत मौलिक भाकाको गीत गाउने भए तापनि ढुङ्गानाले आधुनिकता र नविनतासँग मिश्रण गरेर गीतका शब्द र प्रस्तुतीमा नयाँ शैलीको सिर्जना गरेका छन् । यसले गर्दा उनी पाका देखि नयाँ पुस्तासम्म पनि लोकप्रिय छन् ।

साँस्कृतिक गीतका अलवा प्रेम र बिछोडका कथाहरू नेपाली लोक गीतहरूको प्रमुख विषयवस्तु हुन् । ढुङ्गानाका गीतमा प्रेम र बिछोड मात्र नभएर ग्रामीण जीवन, परम्परागत कथा र सामाजिक घटनाहरूको वर्णन पाइन्छ । उनले गीतबाटै प्रकृति र पर्यावरणको वर्णन गरेका छन्, नदी–नाला, वन–जंगल, पाखा–पखेरालगायत प्राकृतिक सौन्दर्यलाई गीतमार्फत नै चित्रण गरेका छन् ।

ढङ्गानाका अनुसार नेपाली लोक संगीतमा सहभागीता महत्वपूर्ण हुन्छ । गाउँलेहरू प्रायः समूहमा मिलेर गीत गाउने प्रचलन छ । जसलाई धेरैले रोधी पनि भन्ने गर्छन । जसका कारण लोकगीत संगीतलाई मनोरञ्जनको माध्यमका रुपमा मात्र नलिइकन लोक संगीतमा समाजमा एकताको भावना पैदा गर्ने शक्ति भएको बिश्वास लिइन्छ ।

दुई सयभन्दा बढी गीतमा स्वर दिएका ढुङ्गानाले लोक गीत भित्र पनि धेरैजसो काँठो भाकाका गीत गाएका छन् । उनका चर्चित गीतहरुमा काठमाडौं हङकङ बजारमा, सल्लेरिको बन, उलिनी काठैमा, अन्माएर पठायौ पञ्चे बाजा, मायाको भोको छु, रातो फुलबुट्टे चोलाको, पिरतीमा दम छ, फुलको बाँसनाले, हाँसखेल गरौं, साथ छोड्यो छायाँले, फूल फूल्यो अमलालगायत पर्दछन् । उत्कृष्ट गायनका लागि नेपाली म्युजिक भिडियो अवार्ड २०१८, सगरमाथा म्युजिक अवार्ड २०२२, बिशाल लुम्बिनी म्युजिक अवार्ड २०२२, सगरमाथा म्युजिक अवार्ड २०२२, नीम अवार्ड २०२३, नाट्येश्वरी म्युजिक अवार्ड २०२३, म्युजिक एण्ड फेशन अवार्ड २०२३ लगायतका अवार्डहरू प्राप्त गरेका ढुङ्गानाले नेपाल अफ्रिका फिल्म फेष्टिवल २०२२, स्पर्श म्युजिक भिडियो अवार्ड २०२३, काँठे लोकदोहोरी गीत प्रतियोगीता २०७६, काँठे लोकदोहोरी अवार्ड २०७६, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगीता २०७८, लाङ्गटाङ्ग म्युजिक अवार्ड २०२३ लगायतका अवार्ड तथा प्रतियोगीताहरुमा निर्णायकको भूमिका निभाएका छन् ।

नमराज ढुङ्गानाले आफ्नो जीवन समर्पण गरेर नेपाली लोक संगीतलाई जीवन्त राख्न र प्रवद्र्धन गर्न उल्लेखनीय योगदान दिएका छन् । लोक गीतहरू मार्फत समाजमा चेतना फैलाउने ढुङ्गानाले बिभिन्न संघ संस्थामा रहेर संगीतकर्मीहरुको सामुहिक हितका लागि नेतृत्वदायि भूमिका समेत निभाउँदै आएका छन् । बाल विवाह, छुवाछूत, जातीय भेदभावजस्ता सामाजिक समस्याहरूलाई उनले गीत मार्फत उठान गरेका छन् । बिपतमा परेका मानिसहरूको सहयोग तथा सामाजिक उत्थानका कार्यक्रमहरूमा उनले सक्रिय भूमिका खेलेका छन् ।

सहयात्रा नेपालको मानार्थ सदस्य समेत रहेका उनी राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष हुन् । राष्ट्रिय संगीतकर्मी संघको संस्थापक सदस्य हुादै बरिष्ठ उपाध्यक्ष सममको जिम्मेबारी कुशलतापूर्वक निभाएका ढुङ्गाना मौलिक संगीतलाई संस्थागत रुपमै सरक्षण गर्न दत्तचित्तले लागिपरेका छन् ।जन–जनको मन–मनमा राज गरेका ढुङ्गाना शिर्षकको समाचार जनसवालमा प्रकासित समाचार हो ।